सुरक्षाको माग गर्दै डडेल्धुराका लघुबित्तीय सँस्थाहरुद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

घण्टेश्वर अनलाईन
डडेल्धुरा
जिल्लाका ग्रामीण क्षेत्रमा लघुबित्त सेवा प्रदान गर्न असुरक्षा भएको भन्दै डडेल्धुराका लघुबित्त बित्तीय सँस्थाहरुले डडेल्धुराका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन ।
लघुबित्त बित्तीय सँस्थाहरुको सँगठन लघुबित्त बैंकर्स सँगठन डडेल्धुराले जिल्लाका ग्रामीण क्षेत्रमा सुरक्षित रुपमा सेवा प्रवाह गर्ने वातावरण नभएको भन्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
लघुबित्त बैंकर्स सँगठन डडेल्धुराले बुझाएको ध्यानाकर्षण पत्रमा जिल्लाका ग्रामीण क्षेत्रमा “लघुबित्त बित्तीय सँस्थाहरुलाई सँघर्ष समिति” को नाममा बिभिन्न सँस्थाहरुलाई काम नगर्न र कर्मचारीहरुलाई कार्यक्षेत्रमा नजान धम्कीपूर्ण पत्र आईरहेको उल्लेख गरिएको छ ।
सो समूहका अध्यक्ष भनिएका जगतबहादुर सार्कीले हामी ऋण मिनाहा गराउछौं, कर्जा नतिर्न भन्दै उर्दी जारी गरेको र यसले गर्दा स्थानीय गरीव जनताहरुलाई व्ययभार थप भईरहेकोले यस्ता अबान्छित गतिबिधिहरु रोकी काम गर्ने बातावरण बनाउन माग गरिएको छ ।
लघुबित्त बैंकर्स सँगठन डडेल्धुराका अनुसार बिभिन्न १९ वटा लघुबित्त बित्तीय सँस्थाहरुले जिल्लाका ग्रामीण क्षेत्रमा लघु बित्त सेवा प्रवाह गरिरहेका छन ।

Leave A Reply

Your email address will not be published.