घरको सिँढीबाट लडेर घण्टेश्वरका युवा व्यवसायी मल्लको निधन

All time tax

घण्टेश्वर अनलाईन
गैरा डोटी
जोरायल गाउँ पालिका वडा नं. १ घण्टेश्वरका युवा व्यवसायी तथा समाजसेवी टलक मल्लको घरको सिँढीबाट लडेर निधन भएको छ ।
बिगत लामो समय देखि घण्टेश्वरको गैरा बजारमा होटल ब्यवसाय गर्दै आएका मल्ल मँगलबार बेलुकी खाना खाएर कोठामा सुत्न जाने क्रममा सिँढीमा चिप्लिएर घाईते भएका थिए ।

मल्ललाई घाईते अवस्थामा उपचारको लागि अत्तरिया स्थित पद्मा अस्पतालमा पुर्याईएको थियो । उपचारको क्रममा मल्लको निधन भएको परिवारले जनाएका छन । मल्लको गोदावरी स्थित आर्यघाटमा बुधबार दाहसँस्कार गरिएको छ । दाहसँस्कार कार्यक्रममा मल्ललाई सम्मान स्वरुप नेपाली काँग्रेसको झण्डा ओढाईएको थियो । दाहसँस्कार कार्यक्रममा मल्लका परिवारका सदस्यहरु, शुभचिन्तकहरु नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
मल्ल घण्टेश्वरका युवा ब्यवसायी हुन । बिगतमा गैरा स्थित गौरी शँकर माबि व्यवस्थापन समितिको अध्यक्ष रहि काम गरेका मल्ल राजनीतिमा पनि सकृय थिए । उनी नेपाली काँग्रेस डोटीको क्षेत्रीय प्रतिनिधी तथा जोरायल गाउँ पालिका कमिटीको सह सचिब हुन ।
मल्लको निधनमा नेपाली काँग्रेस लगायत बिभिन्न सँघ सँस्था तथा बिभिन्न ब्यक्तिहरुले सामाजिक सन्जाल मार्फत श्रद्धान्जली ब्यक्त गर्दै घण्टेश्वरले असल समाजसेवी गुमाएको बताएका छन ।

Leave A Reply

Your email address will not be published.