Prem

जोरायलमा स्थानीय तह स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखि जोरायलमा शुरु भएको छ ।
घण्टेश्वर माबि जोरायलको खेलमैदानमा शुरु भएको उक्त प्रतियोगिताको जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बिहिबार उद्घाटन गर्नु भयो ।
प्रतियोगिताको उद्घाटन गर्दै जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले खेलकुद क्षेत्रले कुनै पनि ठाउँको पहिचान दिने भएकाले गाउँ पालिकाले पनि उच्च प्राथमिकता दिएको बताउनु भयो ।
जोरायल गाउँ पालिकामा गाउँ पालिका स्तरको खेलकुद कार्यक्रम गर्न ब्यवस्थित खेलमैदानको आवश्यकता भएको कुरामा जोड दिदै अध्यक्ष ओझाले त्यसका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरिएको जानकारी दिनु भयो ।
यसै गरि उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथी जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहराले गाउँ पालिकाले स्थानीय स्तरमा दक्ष खेलाडी उत्पादन गर्न खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताउनु भयो ।
घण्टेश्वर माबि व्यवस्थापन समितिका अध्यक्ष दिपबहादुर शाहुको अध्यक्षता तथा शिक्षक मिनबहादुर रोकायाको सन्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथी सुप क्षेत्रीय खेलकुद परिषदका सदस्य चित्र भट्ट, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रकाश बहादुर शाही, रामपुर माबिका प्रधानाध्यापक पदमराज भट्टले शुभकामना मन्तब्य तथा घण्टेश्वर माबिका प्रधानाध्यापक सुनलाल थापाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
जोरायल गाउँ पालिकाका सबै माद्यमिक बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता माघ २८ गते सम्म सन्चालन हुने जोरायल गाउँ पालिकाले जनाएको छ ।
उक्त प्रतियोगितामा छात्रछात्राका बिचमा भलिवल, कबड्डी, एथलेटिक्स, रिले दौड, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, सटपुट, ज्वावलिङ्ग थ्रो र मार्सल आर्टस तर्फ बिभिन्न तौल समूहमा कराँते प्रतियोगिता सन्चालन हुने जोरायल गाउँ पालिकाका खेलकुद प्रशिक्षक पवन शाहुले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.