कबिराम डाँगी
दिपायल, डोटी
डोटी चम्बर अफ कमर्सको आयोजनमा शुरु भएको तेश्रो प्रादेशिक महोत्सब २०७९ आजबाट डोटीको दिपायलमा शुरु भएको छ । “सेतीको हिरा, खप्तडको मोती ः व्यापार–कृषि–पर्यटन र जलश्रोतबाट बनाउछौं समुन्नत डोटी” भन्ने मूलनाराका साथ शुरु भएको महोत्सबको नेपाल सरकारका उप प्रधानमन्त्री एबं भौतिक पूर्बाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज उद्घाटन गर्नु भयो ।
डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउँदको अध्यक्षता तथा महासचिब केसरसिंह कठायतको सन्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्यहरु चक्रबहादुर मल्ल र शिबसिंह ओली, जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह, नेपाली काँग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंह, नेकपा(एमाले) डोटीका उपाध्यक्ष मन्जु मलासी लगायतका बक्ताहरुले महोत्सबमा शुभकामना मन्तब्य तथा डोटीका बिबिध समस्याको वारेमा उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराउनु भएको थियो । मन्तब्यका क्रममा प्रमुख अतिथी उप प्रधानमन्त्री श्रेष्ठले डोटीको बिकास र उन्नतीका सवालमा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा डोटीका बिबिध समस्याहरुलाई समेटेर तयार गरिएको ज्ञापन पत्र डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउँदले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो । उद्घाटन समारोहमा डोटीका सबै स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु, राजनैतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायको उपस्थिती रहेको थियो ।
महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति, स्थानीय संस्कृति, झाँकी प्रदर्शन लगायत रहेका छन । महोत्सबमा व्यापार व्यवसायको प्रबद्र्धन गर्नको लागि माइलो मेला, स्थानीय उत्पादन, खाद्य परिकार प्रदर्शन र सेती नदीमा र्याफ्टिङ्ग, प्याराग्लाइडिङको पनि व्यवस्था रहेको डोटी चेम्बर अफ कमर्सले जनाएको छ । महोत्सब फागुन ४ गते शुरु भई १४ गते सम्म सन्चालन हुने छ ।