गणेश मौनी
बडिकेदार, डोटी
डोटीकोे बडिकेदार गाउँपालिकामा संचालन भएको चौथो स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिबजी माद्यमिक बिद्यालय मान्नाकापडीले प्रथम स्थान हासिल गरेको छ ।
ब्डिकेदार गाउँपालिका र बर्छैन माबि बछैनको आयोजनामा भएको उक्त प्रतियो ११ स्वर्ण ७ रजत, ६ कास्य सहित शिबीजी माद्यमिक बिद्यालयले उपाधी हासिल गरेको हो ।
यसैगरि ४ स्वर्ण, ९ रजत र ५ काश्य सहित बर्छैन माद्यमिक बिद्यालय दोश्रो र ४ स्वर्ण २ रजत २ काश्य सहित दुर्गा माद्यमिक बिद्यालय देवली तृतीय भएको बडिकेदार गाउँपालिकाका शिक्षा अधिकृत बिबेक देउवाले जानकारी दिनु भयो ।
शिक्षा अधिकृत देउवाका अनुसार प्रतियोगितामा सहभागि भएका मध्य माद्यमिक बिद्यालयले १ स्वर्ण १ रजत ४ काश्य प्राप्त गरेको छ । त्यस्तै जनता माद्यमिक बिद्यालय सडेखानले १ स्वर्ण २ रजत २ काश्य, बिरेन्द्र माद्यमिक बिद्यालय घाङ्गलले २ स्वर्ण ४ रजत र ६ काश्य, बिष्णु माद्यमिक बिद्यालय मुलेचौरले ३ स्वर्ण १ रजत र १ काश्य, बिष्णु माद्यमिक बिद्यालय बरालगाउँले १ स्वर्ण र केदारेश्वर माद्यमिक बिद्यालय लानाले ३ स्वर्ण ४ रजत र ४ काश्य प्राप्त गरेका थिए ।
विभिन्न ३० बिद्यामा संचालन भएको प्रतियोगितामा सहभागि खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।
बर्छैन माद्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बमको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बोल्दै बडिकेदार गाउँपालिका शिक्षा शाखाका प्रमुख बिबेक देउवाले बिद्यार्थीहरुले पढाईका अतिरिक्त खेलकुदमा ध्यानदिनु पर्ने कुरामा जोड दिनु भयो ।
खेलकुद स्वास्थ्यका लागि अति आवश्यक रहेको चर्चा गर्दै शिक्षा अधिकृत देउवाले गाउँपालिकाले दक्ष खेलाडी उत्पादन गर्न लगानी गर्नु पर्ने र भौतिक पूर्बाधार निर्माण गर्नु पर्ने बताउनु भयो ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ चौथो स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ५ गते देखि ८ गते सम्म संचालन भएको थियो ।