Prem

बोगटानमा गाउँ पालिका स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

गणेश मौनी
सिलगढी, डोटी
बातावरण र मानब जिवनमा जलबायु परिवर्तनको असरको वारेमा सचेतिकरण गर्ने उद्देश्यले शुक्रबार बोगटानमा गाउँपालिका स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ ।
बोगटान फुड्सिल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा ग्रामीण समुदाय बिकास केन्द्रद्वारा संचालित दिगो बातावरणको लागि जलबायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजनाले “बातावरण र मानब जिवनमा जलबायु परिवर्तनको असर” बिषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो ।
बोगटान फ्ड्सिल गाउँपालिकाका ९ वटा माद्यमिक बिद्यालयका १८ जना छात्रछात्राको सहभागिता रहेको निबन्ध लेखन प्रतियोगितामा खत्याडी माबिमा अध्ययनरत छात्रा रचना उपाध्याय र जोराघाट माबिमा अध्ययनरत छात्र मोहन नेपाली उत्कृष्ट भएका थिए । निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट छात्रछात्रालाई प्रमुख अतिथी बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष बिष्णा देउवा बलमे झोला, क्याल्कुलेटर, एक दर्जन कापी, कलम प्रमाण पत्र तथा अन्य सहभागिहरुलाई डायरी र प्रमाण पत्र प्रदान गरिएको ग्रामीण समुदाय बिकास केन्द्र डोटीका सब ईन्जिनियर करनबहादुर बिष्टले जानकारी दिनु भयो ।
निबन्ध लेखन प्रतियोगितामा सहभागि बिद्यार्थीहरुले निबन्ध मार्फत जलबायु परिवर्तनले गर्दा बर्षात हुने प्रबृत्तिमा घटबढ भई बर्षेनी बाढी पहिरोका घट्नामा बृद्धि भईरहेको, बन डढेलो, खडेरी हिमपात बिस्फोटन जस्ता घटनाहरु बृद्धि भईरहेकाले जलवायु परिबर्तनको असरलाई न्यूनिकरण गर्न आम सचेतिकरण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
ग्रामीण समुदाय बिकास केन्द्र (RCDC) द्वारा संचालित दिगो बातावरणको लागि जलबायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजना कार्यक्रम संयोजक सुजनकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देउवा बम रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.