
घण्टेश्वर अनलाईन
जोरायल
नेपाल राष्ट्रिय शिक्षक संगठन,जोरायल गाउँ समितिको दोस्रो गाउँ परिषद शनिबार जोरायलको रावतकट्टेमा सम्पन्न भएको छ ।
उक्त गाउँ परिषद कार्यक्रममा कार्यक्रममा संगठनको आर्थिक तथा सांगठनिक प्रतिवेदनमा छलफल गर्नुका साथै आगामी कार्यक्रममा बारेमा योजना तर्जुमा गरिएको सँगठनले जनाएको छ ।
गाउँ परिषद कार्यक्रममा बिभिन्न बिद्यालयमा नियुक्त भएका र शिक्षक सेवा आयोग उत्तिर्ण भई जोरायल गाउँ पालिकामा सिफारिस भई आएका शिक्षकहरुलाई स्वागत गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी संगठनका डोटी जिल्ला अध्यक्ष पदमराज उपाध्यायले परिबर्तित अवस्थामा नेपाल राष्ट्रिय शिक्षक संगठन र सँगठनमा आबद्ध शिक्षकहरुले खेल्नु पर्ने भूमिकाको वारेमा चर्चा गर्नु भएको थियो ।
संगठनका गाउँ समिति अध्यक्ष मिनबहादुर रोकायाको सभापतित्व तथा सचिब उत्तमबहादुर चन्दको सन्चालनमा सम्पन्न सँगठनका प्रदेश समिति सदस्य मिना ओली, नेपाल शिक्षक महासंघ जोरायल गाउँपालिका समितिका अध्यक्ष गणेशबहादुर बम र जिल्ला समिति सदस्य छत्रबहादुर साउँद लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।