घण्टेश्वर अनलाईन
डोटीको शिखर नगरपालिकामा करेन्ट लागेर शुक्रवार बेलुकी एक जना महिलाको ज्याजन गएको छ । शिखर नगरपालिका वडा नं. ९ मल्लीसात निवासी ३० वर्षिया राधिका रोस्याराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लागेर घाईते भएकी उनलाई दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घट्ना वारे थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक रबिन्द्र चन्दले बताए ।