घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिकाको प्रबक्तामा वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्ट नियुक्त भएका छन । जोरायल गाउँ कार्यपालिकाको शुक्रबार सम्पन्न बैठकले भट्टलाई प्रबक्तामा नियुक्त गरेको हो ।
जोरायल गाउँ पालिकासँग सम्बन्धित सूचनाहरुलाई प्रबक्ता मार्फत ब्यवस्थित रुपमा प्रवाह गर्नका लागि भट्टलाई नियुक्त गरिएको जोरायल गाउँपालिकाले जनाएको छ । जोरायल गाउँ पालिकाको वडा नंं ४ का वडा अध्यक्ष भट्ट दोश्रो कार्यकालका लागि पुन ः वडा अध्यक्षमा निर्बाचित भएका थिए ।