कबिराम डाँगी
जोरायल
“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको विस्तार” भन्ने सन्देश सहित यस बर्षको ११३ औं अन्तराष्ट्रिय महिला दिवस जोरायल गाउँ पालिकामा बिभिन्न कार्यक्रमका साथ मनाईएको छ ।
जोरायल गाउँ पालिका तथा अन्य बिभिन्न सँस्थाको सहयोगमा गाउँपालिकाका ६ वटै वडामा अन्तराष्ट्रिय महिला दिवस महिला अधिकारको विविध विषयमा सन्देश सहित मनाईएको जोरायल गाउँ पालिकाका प्रबक्ता नन्दराज भट्टले जानकारी दिनु भयो ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला अधिकार, महिला बिरुद्ध हुने घरेलु हिंसाको अन्त्य, गाउँ पालिका, वडा कार्यालयबाट प्रदान गरिने सेवा सुबिधाहरु तथा महिलाको पक्षमा बनेका ऐन कानूनको जानकारी दिने बिषयहरु सहित डेउडा गीत कार्यक्रम, साँस्कृतिक कार्यक्रम आयोजना गरिएको जोरायल गाउँपालिकाले जनाएको छ ।
जोरायल गाउँ पालिकाको वडा नं. १ घण्टेश्वरमा ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिबिध कार्यक्रमको आयोजना गरिएको छ ।
जोरायल गाउँपालिका १ नम्बर वडा कार्यालयको आयोजनामा भएको अन्तराष्ट्रिय महिला दिवस कार्यक्रममा स्थानीय महिलाहरुले सन्देशमूलक नारा सहित र्याली प्रदर्शन गरेका थिए ।
स्थानीय गौरीशँकर माबिको प्राङ्गणमा भएको समारोहमा बिभिन्न महिला समूहहरुका बिचमा महिला अधिकारका बिषयमा बक्तृत्वकला प्रतियोगिता सन्चालन गरिएको थियो । ८ वटा आमा समूहको सहभागिता रहेको उक्त वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो लगायत सहभागि सबैलाई पुरुस्कार तथा प्रमाण पत्र बितरण गरिउको थियो ।
वडा अध्यक्ष जगतबहादुर मल्लको अध्यक्षता तथा अम्बिका राईको सन्चालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला सँघका केन्द्रीय सदस्य मिना ओली प्रमुख अतिथी रहनु भएको थियो ।
उक्त कार्यक्रममा वडा सचिब गायत्री जोशी, प्रहरी चौकी घण्टेश्वरका ईन्चार्ज दिपा चौधरी, वडा सदस्य गमबहादुर खत्री, समाजसेवी सोभानसिंह ओली, जोरायल गाउँ कार्यपालिका सदस्य ईन्द्रा ओली लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।