अन्तराष्ट्रिय महिला दिवसमा सन्देशमूलक डेउडा गीत कार्यक्रम

घण्टेश्वर अनलाईन
निरौली, डोटी
यस बर्षको ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जोरायल गाउँ पालिकाको वडा नं. ६ को खसरेमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला अधिकारको बारेमा जानकारी प्रवाह गर्ने र महिला बिरुद्ध हुने सबै हिंसाको अन्त्य गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष गणेश बोहराले जानकारी दिनु भयो ।
निरौली महिला बिकास समाजका अध्यक्ष रिता बोहराको अध्यक्षता तथा करन साउँद र मिना बोहराको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा महिला अधिकार सम्बन्धि सन्देशमूलक डेउडा गीत कार्यक्रम र माबि स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
वडा नं. ६ का कुल १४ वटा महिला समुहको सहभागिता रहेको डेउडा गीत कार्यक्रममा सहभागि महिलाहरुले डेउडा गीत मार्फत महिला अधिकार, महिला बिरुद्धहुने घरेलु हिंसाको अन्त्य,लैंगिक समानता, वाल विवाहको अन्त्य जस्ता बिषयमा सन्देश प्रवाह गरेका थिए ।
महिला अधिकारका बिषयमा आयोजना गरिएका माबि स्तरीय बक्तृत्वकला प्रतियोगितामा ४ बिद्यालयमा ७ जना बिद्यार्थीहरु सहभागि भएका थिए भने प्रतियोगितामा बिभिन्न स्थान प्राप्त गर्ने बिद्यार्थीहरुलाई पुरुस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले “लैङ्गिक समानतालाई बलियो बनाउनको लागि सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको विस्तार हुनु पर्ने कुरामा जोड दिनु भयो ।
यसै गरि कार्यक्रमका बिशिष्ट अतिथी जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहराले जोरायल गाउँ पालिकाले महिला अधिकारका क्षेत्रमा उत्कृष्ट काम गर्न प्रयास गरिरहेको बताउनु भयो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष गणेश बोहरा वडा सदस्यहरु यज्ञबहादुर साउँद, खेम साउँद तथा एमालेका सुरेन्द्र बोहरा लगायतका बक्ताहरुले बोल्नु भएको थियो । ,

Leave A Reply

Your email address will not be published.