अन्तराष्ट्रिय महिला दिवसमा सार्बजनिक सेवामा महिलाको पहुँच बृद्धिमा जोड

All time tax

घण्टेश्वर अनलाईन
जोरायल डोटी
यस बर्षको अन्तराष्ट्रिय महिला दिवसमा सहभागि जोरायल लक्ष्मीनगरका महिलाहरुले लैंगिक समानताका लागि सार्बजनिक सेवा र सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच बिस्तार हुनु पर्ने कुरामा जोड दिएका छन ।
जोरायल गाउँ पालिका वडा नं. ४ स्थित वडा स्तरीय महिला समूहद्वारा आयोजना गरिएको अन्तराष्ट्रिय महिला दिवस कार्यक्रममा स्थानीय महिलाहरुले गीत मार्फत सार्बजनिक सेवामा पहुँच बिस्तार, आर्थिक सशक्तिकरण, महिला अधिकार र महिला बिरुद्ध हुने सबै हिंसाहरुको अन्त्य जस्ता बिषयहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन ।
लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिला पुहँचको बिस्तार भन्ने नारामा साथ मनाईएको अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको सन्देशमूलक साँस्कृतिक कार्यक्रममा १९ वटा महिला समूहले सहभागिता जनाएका थिए । सबै महिला समूहले डेउडा तथा लोक गीत मार्फत स्थानीय स्तरमा महिलाका सवालहरु उजागर गरेका      थिए ।
अन्तराष्ट्रिय महिला दिवस एउटा औपचारिक कार्यक्रम मार्फत थिएन । वडा नं. ४ का महिलाहरुका सवालहरु पहिचान गरि सामाधानको लागि योजना बनाउने पनि उद्देश्य थियो, वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टले बताए ।
ग्रामीण क्षेत्रका अधिकाँश महिलाहरुले वडा कार्यालयबाट प्रदान गरिने सेवा सुबिधाहरु, महिलाका पक्षमा बनेका ऐन कानूनको जानकारी नभएको, महिलाहरुको आर्थिक क्षेत्रमा पहुँच नभएको पाईएकाले वडा कार्यालयले योजना बनाएर सचेतिकरण गरिने वडा अध्यक्ष भट्टले जानकारी दिनु भयो ।
वडा स्तरीय महिला समूहका अध्यक्ष आकृति कुँवरको अध्यक्षता तथा निर्मला अवस्थी भट्टको सन्चालनमा सम्पन्न उक्त बोल्दै प्रमुख अतिथी वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टले आम सचेतिकरणको माध्यमबाट वडा नं. ४ लाई महिला हिंसामुक्त वडा बनाईने बताउनु भयो ।
उक्त कार्यक्रममा लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडका उपाध्यक्ष गोमती बोहरा, वडा सदस्य बलबहादुर ओली, पम्फा थापा, खिमा बिक लगायतका बक्ताहरुले कार्यक्रममा मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
जोरायल गाउँ पालिका वडा नं. ४ मा राष्ट्रिय महिला दिवस कार्यक्रम आयोजना गर्नको लागि जोरायल गाउँ पालिका, वडा नं. ४ वडा कार्यालय, सामुदायिक बिकास मन्च नेपाल र लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्था जोरायलले सहयोग गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.