हर्क बोहरा
बगिडा, निरौली
जोरायल गाउँ पालिका वडा नं. ६ बगिडाका अगुवा सामाजिक कार्यकर्ता तथा महिलाहरुले लैङ्गिक हिंसा अन्त्य गर्न सामुदायिक प्रयास गर्ने प्रतिबद्धता जनाएका छन ।
जोरायल गाउँ पालिकाद्वारा हिजो मष्टा आधारभूत बिद्यालय बगिडामा आयोजना गरिएको सामुदायिक अन्तरकृया कार्यक्रममा सहभागि स्थानीयहरुले समुदायमा अझैपनि लैङ्गिक हिंसा, छाउपडी प्रथा, घरेलु हिंसा, वाल विवाह जस्ता अन्ध बिश्वासहरु बिद्यमान रहेकाले हटाउन जरुरी भईसकेको धारणा ब्यक्त गरेका थिए ।
युनिसेफ नेपालको सहयोगमा आयोजना गरिएको सामुदायिक अन्तरकृया कार्यक्रममा लैङ्गिक हिंसा, छाउपडी प्रथा, घरेलु हिंसा, वाल विवाहले समुदायमा पारेको प्रभाव, बिद्यमान कानूनी व्यवस्थाहरु, महिला बिरुद्ध हुने सबै हिंसा अन्त्यका लागि सरोकारवाला तथा समुदायको भूमिकाको वारेमा छलफल गरिएको थियो ।
जोरायल गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष गणेश बोहराको अध्यक्षतामा सम्पन्न सामुदायिक अन्तरकृया कार्यक्रममा बोल्दै जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जोरायल गाउँ पालिकामा महिला बिरुद्ध हुने सबै हिंसाहरु अन्त्य गर्नको लागि सामुदायिक प्रयास आबश्यक रहेको बताउनु भयो ।
यसै गरि जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहराले बिकासको अबरोध मध्य लैंगिक बिभेद पनि एउटा प्रमुख कारण रहेकाले जोरायल गाउँ पालिकाले सरकारी तथा गैरसरकारी निकायको सहयोगमा प्राथमिकाताका साथ काम गरिरहेको बताउनु भयो । उक्त कार्यक्रममा युनिसेफ कार्यक्रमका डम्बर बोहरा, सामुदायिक बिकास मन्च नेपालका गिरिराज पाठक लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।