घण्टेश्वर अनलाईन
दिपायल
डोटी जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्लाबजारमा शुक्रबार दिपायल पिपल्ला बजारस्थित एक होटलमा आगलागी भएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्ला स्थित मनकामना होटलमा चाउमिन पकाउने क्रममा शुक्रबार बेलुकी ७ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार बेलुकी ६ः३० बजे भएको आगलागी ७ः१० बजे स्थानीय बासिन्दा र प्रहरीको सकृयतामा नियन्त्रणमा आएको थियो । चाउमिन पकाउने क्रममा ग्यास लिक भएपछि आगो फैलीएको अनुमान गरिएको छ । आगलागीबाट होटलको काउन्टर, भान्सामा क्षति पुगेको छ भने होटलसंगै जोडिएको गिताञ्जली सुनचाँदी पसलमा पनि आगो लागेको थियो । स्थानीय बासिन्दा सहित प्रहरीको सकृयतामा समयमै आगो नियन्त्रणमा आएका कारण थप क्षती हुन नपाएको प्रहरीले जनाएको छ । क्षतीको यथार्थ विवरण आउन बाँकी रहेको बताईएको छ ।
दिपायलमा हरेक बर्ष गर्मी मौसम शुरु हुनासाथ आगलागीका घट्ना हुने गरेको भएपनि सम्बन्धित निकायबाट पूर्ब सतर्कता नअपाईएको स्थानीय बासिन्दाले गुनासो गरेका छन ।
होटल व्यवसायी सँघका केन्द्रीय सदस्य राजेन्द्र बिक्रम शाहीले दिपायल सिलगढी नगरपालिकासँग आगो नियन्त्रण गर्ने दमकल भएपनि आगलागीका बखत कहिले पनि प्रयोग गर्न नपाईएको प्रतिकृया दिएका छन ।
आगलागी जस्ता दैबि प्रकोपका घट्नाबाट हुने क्षती न्यूनिकरण गर्न दिपायल राजपुर क्षेत्रमा एउटा दमकल हुनु पर्ने बिगत लामो समय देखि माग गरेपनि सो वारे सम्बन्धित निकायबाट चासो नदेखाईएको स्थानीयले बताएका छन ।