घण्टेश्वर अनलाईन
डोटी
सुदूरपश्चिमका चर्चित सर्जक तथा गायक सुर्यविरही साउँदको लोक पप डेउडा गीत राईमती युटुव मार्फत सार्बजनिक भएको छ । उक्त राईमतीमा डेउडा गायक सुर्यविरही साउद, गायिका टिका पुन र मिस्टर आरजे (राजेन्द्र) को स्वर रहेको छ ।
बसिवियाँलो म्युजिक प्रालिमार्फत सार्वजनिक भएको सो गीतमा प्रस्तुती तथा शब्द सृजना रमेश थापाको रहेको छ भने सँगीत गायक साउँदको नै रहेको छ । गीतमा संगीत एरेन्ज भने विनोद बाजुरालीले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा भिजु पार्की, कविता नेपाली र मिस्टर आरजे र रमेशको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियो सम्पादन भने मिलन विश्वकर्माले गरेका हुन् ।
राईमती पछिल्लो युवा पुस्तालाई लक्षित गरि निर्माण गरिएको छ । राईमतीमा सबै बिधालाई समेटिएकाले दर्शक श्रोताहरुले मन पराउने आफुहरुले बिश्वास लिएको गायक साउँदले बताए ।