डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर घोषणा

घण्टेश्वर अनलाईन
चवराचौतारा, डोटी
भौगोलिक रुपमा दुर्गम मानिने डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतरा खत्याडीमा मँगलबार आयोजना गरिएको एक समारोहका बीच जिल्ला समन्वय समिति डोटीका सँयोजक लक्ष्मणबहादुर सिंहले साक्षर गाउँ पालिका घोषणा गर्नु भएको हो ।
बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्दै जिल्ला समन्वय समिति डोटीका सँयोजक लक्ष्मणबहादुर सिंहले डोटी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने अभियानमा बोगटान फुड्सिल गाउँपालिकाले गरेको योगदानको लागि धन्यवाद दिनु भयो ।
सँयोजक सिंहले डोटी जिल्ला सधैं अशिक्षित, दुर्गम रहन सक्दैन, डोटी जिल्लालाई सामुहिक प्रयासबाट सबै वडा र स्थानीय तहलाई साक्षर घोषणा गरि डोटी जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गरिने बताउनु भयो ।
कार्यक्रम बोल्दै बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बोगटान फुड्सिल गाउँपालिकालाई शिक्षित र समुन्नत बनाउने अभियानमा शिक्षा क्षेत्रमा लगानी बृद्धि गरेर साक्षर गाउँपालिका बनाईएको जानकारी दिनु भयो ।
चेतनाको बिकास गर्न शिक्षा क्षेत्रमा लगानी गर्न जरुरी छ । जनता शिक्षित र चेतनशिल भएमा दिगो बिकासमा सहयोग     पुग्छ । गाउँपालिकाले साक्षरतासँगै बिभिन्न शिक्षा, स्वास्थ्य र सामाजिक सवालमा सचेतिकरणको अभियान जारी राखिने     छ । स्वस्थ, शिक्षित र समुन्नत बोगटान गाउँपालिका निर्माणमा सबैको सहयोग आबश्यक रहेको अध्यक्ष गड्सिलाको भनाई  थियो ।
साक्षर गाउँ पालिका घोषणाका लागि आबश्यक सबै न्यूनतम मापदण्ड पूरा गरेकाले गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको बोगटान फुड्सिल गाउँपालिकाले जनाएको छ ।
गाउँ पालिकाको अनुगमन सर्भेक्षणबाट १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएको पाईएको छ ।बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदारअखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७.२ प्रतिशत, वडा नम्बर ५ धिकांमाण्डौको ९६.८, वडा नम्बर ६ गगुडाको ९७.४ ५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको गाउँ पालिकाको तथ्याँकमा उल्लेख    छ ।

Leave A Reply

Your email address will not be published.