
कबिराम डाँगी
जोरायल
सुदूरपश्चिम बिश्व बिद्यालय अन्तरगतको आँगिक क्याम्पस घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचनमा अनेरास्वबियू र क्रन्तिकारीको सँयुक्त प्यानल विनयी भएको छ ।
क्याम्पसको निर्बाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा सरस्वतीकुमारी कामी, सचिबमा बसन्ती थापा र कोषाध्यक्षमा बमबहादुर खत्री निर्बाचित भएका छन ।
यसैगरि प्रत्यक्ष तर्फ निर्बाचित सदस्यहरुमा क्रमस ः कमला सार्की, बिष्णाकुमारी बोहरा, लक्ष्मीकुमारी साउँद र रक्षा अबस्थी निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ । स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचनमा समानुपातिक तर्फको मत परिणाम पनि सार्बजनिक गरिएको छ । जसमा नेपाल बिद्यार्थी सँघले कुल प्राप्त गरेको मत २४ को आधारमा १ जना, अनेरास्वबियूले कुल मत ५२ प्राप्त गरेको आधारमा ३ जना सदस्य निर्बाचित हुने बताईएको छ । स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचनमा नेपाल बिद्यार्थी सँघ एक्लै निर्बाचनमा उम्मेदवारी दिएको थियो भने एमाले समर्थित अनेरास्वबियू र माओवादी केन्द्र समर्थित अनेरास्ववियू(क्रान्तिकारी) ले सँयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका थिए ।