Prem

बोगटानका सामुदायिक वन उपभोक्ताहरुलाई वन ब्यवस्थापन तालिम

घण्टेश्वर अनलाईन
चवराचौतारा, डोटी
बोगटान फुड्सिल गाउँपालिकाका सामुदायिक वनका उपभोक्ताहरुलाई वन व्यवस्थापन सम्बन्धि जानकारी दिईएको छ ।
ग्रामीण समुदाय बिकास केन्द्र डोटीद्वारा सन्चालित दिगो बातावरणको लागि जलबायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजना अन्तरगत सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरुलाई वन ब्यवस्थापन सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक जानकारी दिईएको हो ।
सामुदायिक वनका उपभोक्ताहरुलाई वन ब्यवस्थापन सम्बन्धि जानकारी दिई वनको सँरक्षण, सम्बद्र्धन तथा दिगो वन व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले चवराचौतारामा ३ दिने वन व्यवस्थापन तालिम सन्चालन गरिएको ग्रामीण समुदाय बिकास केन्द्र डोटीका सब ईन्जिनियर करनबहादुर बिष्टले बताउनु भयो ।
तालिम कार्यक्रममा सहभागिहरुलाई वनको व्यवस्थापन सम्बन्धि सैद्धान्तिक विषयमा छलफल गरिएको थियो भने एक दिन स्थलगत अवलोकन गरिएको थियो ।
सब ईन्जिनियर बिष्टका अनुसार तालिम अबधिमा बनको संरक्षण तथा सम्बद्र्धन, सदुपयोग, वृक्षारोपण, बनमा डढेलो व्यवस्थापन तथा अग्नी नियन्त्रण, चरिचरण व्यवस्थापन, पानीका श्रोत संरक्षण, प्राकृतिक श्रोतको नियोचित रुपमा बाँडफाँड, लगाएतका विभिन्न विषय बस्तुहरुमा छलफल गरिएको थियो ।
बोगटान फुड्सिल गाउँ पालिकाका बिभिन्न वडाबाट ८ वटा सामुदायिक वनका १५ जनाको सभागिता रहेको उक्त तालिमको सहजिकरण जगदिसप्रसाद भट्टले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.