भोली देखि एसईई परीक्षा शुरु हुने, सुदूरपश्चिम प्रदेशमा परीक्षाको सबै तयारी पूरा

कबिराम डाँगी
दिपायल
यस बर्षको माद्यमिक शिक्षा परीक्षा (एसईई) भोली देखि शुरु हुने भएको छ । भोली पहिलो दिन बिहान ८ बजेदेखि ११ बजेसम्म अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने  छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा एसईईको सबै तयारी पूरा भएको सुदूरपश्चिम शिक्षा बिकास निर्देशनालय दिपायलले जनाएको छ ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमका ९ वटा जिल्लामा तोकिएका २ सय ८ परीक्षा केन्द्रमा ८ हजार १ सय ३२ कर्मचारी खटिएको शिक्षा बिकास निर्देशक दुर्गादत्त बिष्टले जानकारी दिनु भयो ।
निर्देशक बिष्टका अनुसार सुदूरपश्चिमका सबै परीक्षा केन्द्रहरुमा कर्मचारी तथा आबश्यक सामग्रीहरु पुगिसकेका छन । परीक्षाको लागि आवश्यक पर्ने परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सुरक्षा व्यवस्था, उत्तर पुस्तीका लगायतका सम्पूर्ण तयारी पुरा भईसकेका छन । माद्यमिक शिक्षा परीक्षा(एसईई) लाई शान्तिपूर्ण, भयरहित रुपमा सम्पन्न गर्नका लागि आबश्यक सुरक्षा व्यवस्था मिलाईएकाले निर्धक्कसँग परीक्षामा सहभागि हुन शिक्षा बिकास निर्देशनालयले सम्पूर्ण बिद्यार्थीहरुलाई आग्रह गरेको छ ।
यस बर्षको माद्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा नियमित, एक्ज्याम्टेड र ग्रेडबृद्धी गरी ५५ हजार तीन सय ७६जना विद्यार्थीहरू परीक्षामा सहभागिता रहने निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको तथ्याँक अनुसार नियमित तर्फ ५० हजार पाँच सय ७४ जना, ग्रेड वृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ २ हजार नौ सय ४४ जना विद्यार्थीहरू परीक्षामा सहभागि हुने छन ।
सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्ला मध्य सबैभन्दा बढी कैलाली जिल्लाबाट १७ हजार सात सय ४२ जना परीषार्थीहरु सहभागी हुने भएका छन् भने सबैभन्दा कम डडेलधुराबाट दुई हजार ६ सय ८९ जना विद्यार्थीहरू रहेका छन् ।
यसै गरि डोटीबाट ३ हजार सात सय ७२ , बाजुराबाट ३ हजार एक सय ६३, बझाङबाट ४ हजार ४ सय, अछामबाट ५ हजार ७३ , दार्चुलाबाट र्२ हजार नौ सय ७१, बैतडीबाट ५ हजार तीन सय ५१, र कञ्चनपुरबाट १० हजार दुई सय १५ जना परीक्षार्थीहरुको सहभागिता रहने निर्देशनालयले जनाएको छ ।
त्यस्तै परीक्षा केन्द्र तर्फ सबै भन्दा बढी परीक्षा केन्द्र कैलालीमा ५३ वटा, डडेल्धुरामा १२, डोटीमा १२, बाजुरामा १५, बझाङमा १८, अछाममा २४, दार्चुलामा १६, बैतडीमा २५, कञ्चनपुरमा ३३ परीक्षा केन्द्रहरू तोकिएको छ ।

प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । प्रदेशमा नियमित धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी छन् । सबैभन्दा बढी ५३ केन्द्र रहेको कैलालीमा १७ हजार सात सय ४२ विद्यार्थी र सबैभन्दा कम १२ केन्द्र रहेको डडेल्धुरामा दुई हजार ६ सय ८९ विद्यार्थी छन् ।

Leave A Reply

Your email address will not be published.