घण्टेश्वर अनलाईन
दिपायल
यस बर्षको माद्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु हुँदैछ । बिहान ८ बजे देखि ११ बजे सम्म सन्चालन हुने परीक्षाको पहिलो दिन आज अनिबार्य अँग्रेजी बिषयको परीक्षा सन्चालन हुने छ ।
एसईई परीक्षामा डोटी जिल्लाबाट ३ हजार ७ सय ७२ परीक्षार्थी सहभागि रहेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोटीले जनाएको छ ।
परीक्षाको लागि जिल्लाको बुडर, लमौत्य (बिपिनगर), बर्छैन, चवराचौतारा, वायल, राजपुर, दिपायल, सिलगढी, गोपघाट, मौवा, सायल, सानागाउँ स्थित गरि १२ स्थानका माद्यमिक बिद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।
शिक्षा बिकास तथा समन्वय ईकाइ डोटीका अनुसार डोटी जिल्लामा १२ जना केन्द्राध्यक्ष, २४ जना साहायक केन्द्राध्यक्ष, १ सय ९० जना निरिक्षक, ३८ जना सहायक कर्मचारी, १ सय ८० जना प्रहरी र ७६ जना विद्यालय सहयोगी गरी जम्मा ५सय २० जना कर्मचारी खटिएका छन् ।
परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउनका लागि आबश्यक व्यवस्था मिलाईएको कार्यालयका प्रमुख मदनराज जोशीले जानकारी दिनु भयो ।