घण्टेश्वर अनलाईन
धनगढी
सुदूरपश्चिमका चर्चित लोक तथा डेउडा गायक सूर्यबिरही साउँद र चर्चित डेउडा गायिका शोभा थापाको स्वरमा रहेको डेउडा गीत “उधारो खाईदियो” को म्युजिक भिडियो विशेष फिल्मस नामको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।
कलाकार तथा सर्जक टेकबहादुर ऐरको शब्द रचना रहेको डेउडा गीत उधारो खाईदियोमा हाम्रो गाउँ समाजको जन जीवनसँग सम्बन्धित घट्नाक्रमलाई उजागर गरिएको छ ।
सानोतिनो लगानीमा गाउँसमाजमा व्यापार व्यवसाय गर्न खोज्दा नगदमा मात्र कारोवार गर्न सँभव नहुने, उधारोमा कारोवार गर्दा असुली गर्न चुनौती हुने गीत मार्फत देखाउन खोजिएको छ ।
यसै गरि बिशेष फिल्मस्को उत्पादन रहेको म्युजिक भिडियोमा निर्देशन भिम थापा, अभिनय ः टेकबहादुर ऐर, शोभा थापा,दिया गिरी, भिम थापा र शेर साउँद तथा छायाँकन हरिष महरा, सम्पादन प्रबिण रेश्मीमगर, मेकअप आर्टिस्ट निर्मला आचार्य रहनु भएको छ ।
म्युजिक भिडियो युटव मार्फत सार्बजनिक भएको दुई दिनमा २५ हजार बढीले हेरेका छन ।
उक्त गीतको शुरु रेकर्डिङमा सँगीत सूर्यबिरही साउँद, सँगित सँयोजिन तथा मिश्रण विजय थापा र गीतको रेकर्डिङ शेर साउँदले गरेका छन ।