घण्टेश्वर अनलाईन, दिपायल
राष्ट्रिय जनगणना २०७८ को अन्तरगत डोटी जिल्लामा सबै तयारी पूरा भएको छ । मेरो गणना मेरो सहभागिता भन्ने मुख्य सन्देशका साथ यहि कार्तिक २५ देखि मंसिर ९ गतेसम्म डोटीमा जनगणना गरिने जिल्ला जनगणना कार्यालय डोटीले जनाएको छ ।
सहायक जनगणना अधिकृत नेत्रराज जोशीका अनुसार जनगणनामा सँलग्न हुने गणक तथा सुपरिबेक्षकका लागि प्रशिक्षण दिने लगायतका आबश्यक तयारी सम्पन्न भएको छ ।
राष्ट्रिय जनगणना २०७८ को लागि नियुक्त गरिएका गणक तथा सुपरिबेक्षकहरु प्रत्येक स्थानीय तहमा निर्धारित मितिमा नै कार्यक्षेत्रमा पुगिसक्ने जोशीले जानकारी दिनु भयो ।
जिल्ला जनगणना कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिकामा ३४ गणक नौं सुपरिवेक्षक, शिखर नगरपालिकामा ४१ गणक दश सुपरिवेक्षक, बोगटान फुड्सिल गाउँपालिकामा २३ गणक ६ सुपरिवेक्षक, के आई सिंह गाउँपालिकामा २९ गणक ७ सुपरिवेक्षक, बड्डिकेदार गाउँपालिकामा २० गणक पाँच सुपरिवेक्षक, जोरायल गाउँपालिकामा २६ गणक सात सुपरिवेक्षक, पूर्बिचौकी गाउँपालिकामा ३४ गणक नौं सुपरिवेक्षक, सायल गाउँपालिकामा २५ गणक ६ सुपरिवेक्षक र दिपायल सिलगढी नगरपालिकामा ६६ गणक १६ सुपरिवेक्षक गरि जम्मा २ सय ९८ गणक र ७६ सुपरिवेक्षक नियुक्त गरिएका छन ।
यसैगरि स्थानीय तह अनुसार सबै भन्दा वढी दिपायल सिलगढी नगरपालिकामा ६६ गणक र १६ सुपरिवेक्षक छन भने सबैभन्दा कम बड्डिकेदार गाउँपालिकामा २० गणक पाँच सुपरिवेक्षक रहेका छन ।
हरेक घरधुरीमा पुग्ने गणकहरुलाई आबश्यक सत्य तथ्य सूचना दिएर राष्ट्रिय जनगणना २०७८ सफल बनाउन जिल्ला जनगणना कार्यालय डोटीले डोटी जिल्लाबासीहरुमा अनुरोध गरेको छ ।