घण्टेश्वर अनलाईन
दिपायल
डोटीका होटल व्यवसायीहरुले नयाँ नेतृत्व चयन गरेका छन । होटल व्यवसायी सँघ डोटीको मँगलबार सम्पन्न १५ औँ साधारण सभा एवं पाँचौँ जिल्ला अधिवेशनले लोकबहादुर खड्काको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
साधारण सभाबाट चयन गरिएको १५ नयाँ कार्य समितिका अन्य पदाधिकारीहरुमा क्रमस वरिष्ठ उपाध्यक्षमा लालबहादुर मन्नी, उपाध्यक्षमा रामबाबु यादव, महासचिवमा हरिस कुँवर, सचिवमा नरेश बोगटी, कोषाध्यक्षमा पूजा रावल तथा सह कोषाध्यक्षमा हर्क बहादुर बोगटी चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा क्रमस मानबहादुर धामी, दीपेन्द्र केसी, बोझबहादुर बोगटी , नन्दन कार्की, गणेश बोहरा, जनक खड्का र पुष्पा श्रेष्ठ निर्बाचित भएको होटल व्यवसायी सँघ डोटीले जनाएको छ ।
१५ औँ साधारण सभा एवं पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले होटल व्यवसाय कुनै पनि जिल्लाकोे पहिचानसँग जोडिएको क्षेत्र भएकाले होटल व्यवसायीहरुले आफ्नो हक हितका साथै सेवाको गुणस्तरमा पनि सुधार गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
होटल व्यवसायी सँघ डोटीका अध्यक्ष राजेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ट अतिथी दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले जिल्लामा रहेका होटल व्यवसायको गुणस्तर सुधार गर्दै होटल व्यवसायीहरुले बालबालिकाहरूलाई श्रममा प्रयोग नगरि नगरपालिकालाई बाल श्रममुक्त बनाउन सहयोग गर्न आग्रह गर्नु भयो ।