नेबिसंघको स्थापना दिवसको अवसरमा डोटीमा रक्तदान तथा सरसरफाई कार्यक्रम

घण्टेश्वर अनलाईन
सिलगढी
नेपाल बिद्यार्थी संघको स्थापना दिवसको अवसरमा डोटीको सदरमुकाम सिलगढीमा रक्तदान तथा सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।
सँघको ५४ औं स्थापना दिवसको अवसरमा शैलेश्वरी मन्दिरको परिसर सरसफाई गरिनुका साथै रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल बिद्यार्थी संघ डोटीका अध्यक्ष दिपेन्द्रबहादुर सिंहले बताउनु भयो ।
अध्यक्ष सिंहका अनुसार नेपाल रेडक्रस सोर्साईटी डोटी शाखाको सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ जनाले रक्तदान गर्नुका साथै १५ जनाले रक्तसमुह पहिचान र ३८ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका कार्यबहाक सभापति तथा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बिजय खड्काले नेपाल बिद्यार्थी सँघ सबैको भरोसा भएको सँगठन बन्नु पर्ने कुरामा जोड दिनु भयो ।
प्रमुख अतिथी खड्काले जिल्लामा बढ्दै गईरहेको बिकृति र बिसँगतिको अन्त गर्नको लागि सँघले दवाव र जागरणको भूमिका निर्बाह गर्न सुझाव दिनु भयो ।
यस्तै नेपाल बिद्याथी संघ डोटीका पुर्ब अध्यक्ष एवं नेपाली कांग्रेस डोटीका महाधिबेशन प्रतिनिधी रामप्रसाद उपाध्यायले नेविसँघले शैक्षिक क्षेत्रका सवालमा मात्र होईन जिल्लाका बिविध विषयमा खबरदारी गर्नुपर्ने आबश्यकता रहेको बताउनु  भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु, नेपाल बिद्यार्थी संघसंग आबद्ध बिद्यार्थीहरु, पत्रकार, नागरिक समाजको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.