डोटीको बडीकेदार गाउँपालिका कार्यालयमा लगाएको तालाबन्दी खुल्यो

घण्टेश्वर अनलाईन
बडीकेदार, डोटी
नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले बडीकेदार गाउँपालिकाको कार्यालयमा गरेको तालाबन्दी बिहीबार देखि खुलेको छ । गाउँ पालिकाको प्रतिनिधी तथा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधी बिचमा भएको बार्ता पश्चात तालाबन्दी खोल्ने सहमती भएको हो ।
तालाबन्दी खुलेपछि गाउँपालिका कार्यालयबाट सम्पादन हुने कामहरु नियमित रुपमा सुचारु भएको गाउँ पालिकाले जनाएको छ ।
सो पार्टीले आफुले दुई महिना अघि पेश गरेको ज्ञापन पत्रमा कुनै सुनुवाई नभएको भन्दै बुधबार गाउँ पालिका कार्यालयमा तालाबन्दी गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीले पेश गरेको मागका सम्बन्धमा गाउँपालिकाका उपाध्यक्ष डम्मरी बिष्ट कलेलको नेतृत्वमा वडा अध्यक्षहरु तथा प्रमुख प्रशासकिय अधिकृत सहितको टोलीले सो पार्टीका जिल्ला स्तरीय टोलीसँग छलफल गरेको थियो । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट जिल्ला सचिब कृष्णबहादुर बोहरा, जिल्ला कमिटी सदस्य दिपेन्द्र जेठारा र धनबहादुर बोहरा सहभागि थिए ।

Leave A Reply

Your email address will not be published.