बोगटानका बिपन्न परिवारलाई बाँस तथा निंगालोबाट सामग्री बनाउने तालिम

All time tax

घण्टेश्वर अनलाईन ः
बोगटान, डोटी
बोगटान गाउँपालिकाका बिपन्न परिवारलाई बाँस तथा निंगालोबाट बिभिन्न सामग्री उत्पादन गर्ने सीप सिकाईने भएको छ । ग्रामीण समुदाय विकास केन्द्र डोटीले बिपन्न परिवारलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले बाँस तथा निंगालोबाट बिभिन्न सामग्री बनाउने सीप सिकाउन लागेको हो ।
विपन्न परिवारका व्यक्तिहरुको सीप बिकास गर्न आयोजना गरिएको ४५ दिने सीप बिकास तालिम बोगटान फुड्सिल गाउँ पालिका वडा नं. ४ सुन्तडीमा शुरु भएको छ ।
बोगटान फुड्सिल गाउँ पालिका वडा नं. १ र ४ का ११ जना विपन्न परिवारका व्यक्तिहरुको सहभागिता रहेको उक्त तालिममा बाँस तथा निंगालोबाट बस्ने मुडा, कलम राख्ने सामाग्री, डालो लगायतका सामग्री बनाउन सिकाईने ग्रामीण समुदाय विकास केन्द्र डोटीले जनाएको छ ।
साना उद्योग कार्यालय डोटीसँगको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा युनाइटेड मिसन टु नेपालसँगको साझेदारीमा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकूलन परियोजनाद्वारा उक्त तालिम आयोजना गरिएको सब इन्जिनियर करनबहादुर विष्टले बताए ।

Leave A Reply

Your email address will not be published.