घण्टेश्वर अनलाईन
सिलगढी
सुदूरपश्चिमका चर्चित ज्योतिष चेतराज उपाध्यायद्वारा प्रकाशित नयाँ बर्ष २०८० को खप्तड तारानाथ पन्चाङ्ग पात्रो बजारमा आएको छ ।
डोटी सायल गाउँ पालिका वडा नं. ५ स्वाँडी डौड निवासी ज्योतिष उपाध्यायले बिगत १० बर्ष देखि स्वर्गिय वुवाको नाममा खप्तड तारानाथ पन्चाङ्ग पात्रो प्रकाशित गर्दै आउनु भएको छ ।
नेपाल पन्चाङ्ग निर्णायक बिकास समितिद्वारा स्वीकृति प्राप्त २०८० को खप्तड तारानाथ पन्चाङ्ग पात्रो सर्वसुलभ रुपमा बजारमा उपलब्ध भएपछि स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन ।
आफ्ना वुवाले बि.सं. २००५ साल देखि ज्योतिष सेवा गर्दै आएका र वुवा दिवंगत भएपछि आफुले व्यवस्थित रुपमा पात्रो प्रकाशित गरेर बजारमा ल्याएको ज्योतिष उपाध्यायले बताउनु भयो । खप्तड तारानाथ पन्चाङ्ग पात्रोको मुल्य प्रति पात्रो १३०÷– निर्धारण गरिएको छ ।
ज्योतिष उपाध्याय दक्षिण एशियाली ज्योतिष महासँघको केन्द्रीय सदस्य तथा नेपाल ज्योतिष परिषदको केन्द्रीय उपमहासचिब हुनु हुन्छ ।