पत्रकार शँकर थापाद्धारा दिबँगत आमा बुवाको स्मृतिमा अक्षय कोषको स्थापना

घण्टेश्वर अनलाईन, जोरायल
डोटीका पुराना पत्रकार तथा नेपाल पत्रकार महासँघ डोटी शाखाका सँस्थापक सभापति शंकर थापाले आफ्ना दिबँगत आमा बुवाको नाममा १ लाख रुपैयाका अक्षय कोषको स्थापना गर्नु भएको छ । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ देउथला निवासी पत्रकार थापाले आफ्नी दिबँगत आमा कलसीदेबि थापाको प्रथम वार्षिक पुण्य तिथीको अवसरमा आफुले प्राथमिक तह अध्ययन गरेको गाउँको महासरस्वती माद्यमिक बिद्यालयमा “लालकलसी स्मृति अक्षय कोष” को स्थापना गर्नु भएको   हो । पत्रकार थापाका बुवा लालबहादुर थापाको २०३९ साल अषाढ महिनामा र आमा कलसीदेबी थापाको २०७७ पुस १४ गते स्वर्गारोहण भएको थियो ।
उक्त कोषबाट प्राप्त हुने व्याज रकमबाट बिद्यालय गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने छ । आगामी दिनमा कोषको रकमलाई बृद्धि गरिने छ । यसै गरि दिबँगत आमा बुवाको स्मृतिमा आफुले माद्यमिक तह अध्ययन गरेको घण्टेश्वर माद्यमिक बिद्यालय कुडिकोट जोरायलमा पनि निकट भविश्यमा अक्षय कोषको स्थापना गरिने पत्रकार थापाले बताउनु भयो ।
यसै गरि पत्रकार थापाले आफ्नी दिबँगत आमाको प्रथम वार्षिक पुण्य तिथीको अवसरमा नेपाल प्रेस युनियन डोटी शाखाद्धारा स्थापना गरिएको तेजु स्मृति अक्षय कोष स्थापनाको लागि ६ हजार रकम, महासरस्वति माद्यमिक बिद्यालय देउथलाका बिद्यार्थीहरुका लागि न्यानो लुगा खरिदमा ९ हजार ५ सय ६८ सहयोग र दृष्टि फाउण्डेशन धनगढी कैलालीमा रहेका बेसाहरा वालवालिका तथा महिलाहरुको भोजनको लागि १० हजार १ सय ३४ उपलब्ध गराउनु भएको छ ।
बिगत २६ बर्ष देखि पत्रकारिता पेशामा सँलग्न रहेका पत्रकार थापा डोटी जिल्लाको पहिलो सामुदायिक रेडियो शैलेश्वरी र सामुदायिक रेडियो घण्टेश्वरको सँस्थापक हुनु हुन्छ ।
हाल २ वर्ष देखि अमेरिकमा रहनु भएका पत्रकार थापा घण्टेश्वर अनलाईन सम्पादन गर्दै आउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.