गणेश मौनी
सिलगढी
डोटीको आदर्श गाउँपालिका वडा न.ं ७ तथा पूर्बिचौकी गाउँपालिकाका वडा नं. १ मा रहेको बाल क्लबका सदस्यहरुलाई सिड नेपाल डोटीद्वारा स्थानीय योजना तर्जुमा प्रकृयाको वारेमा जानकारी दिईएको छ । योजना तर्जुमा प्रकृयाको वारेमा आधारभूत जानकारी दिई वडा बालबालिकाका योजनाहरु वडा कार्यालयमा पेश गर्न सहयोग गर्ने उद्देश्यले योजना तर्जुमा प्रकृयाको वारेमा जानकारी दिईएको हो ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपालसँगको साझेदारीमा सन्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत समान पहुँच बिकास केन्द्र (सिड नेपाल) डोटीद्वारा वडा वाल भेला तथा योजना तर्जुमा प्रकृया सम्बन्धि जानकारी कार्यक्रम सम्पन्न गरिएको बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताउनु भयो ।
जोशीका अनुसार वडा स्तरीय बाल भेलामा नेपाल सरकारको सात चरणको योजना तर्जुमा प्रकृया र बालबालिकाका योजनाहरु छनौट गरि आबश्यक बजेट विनियोजन गराउन वडा कार्यालयमा पेश गर्ने योजना प्रस्ताबको विषयमा वाल क्लबका सदस्यहरुलाई जानकारी दिईएको थियो ।
दुई दिनसम्म सन्चालित वडा स्तरीय वाल भेला तथा योजना तर्जुमा प्रकृया सम्बन्धि जानकारी कार्यक्रममा वालक्लबका पदाधिकारी सदस्यहरुले आफ्नो वडामा वालवालिकाका योजनाहरु छनौट र प्राथमिकिकरण गरि वडा कार्यालयमा पेश गरेका थिए ।