जोरायलमा भिरबाट लडेर गर्भवती महिलाको मृत्यु

All time tax

कबिराम डाँगी
गैरा, डोटी
जोरायल गाउँ पालिका वडा नं. १ तुसे निवासी एक गर्भवती महिलाकोे मँगलबार भिरबाट लडेर मृत्यु भएको छ । जँगलमा स्याउला सँकलन गर्ने क्रममा २१ बर्षिय अनिता मल्लको भिरवाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक अनिता मल्ल मँगलबार स्याउला ल्याउन घरबाट करिब २ किमि टाढाको जँगलमा गएकी थिईन । खाना खाने समयमा पनि उनी घर नफर्केपछि खोजतलास गर्दा स्याउला सँकलन गरेको स्थानबाट करिब चारसय मिटर तल खोल्सीमा मृत अवस्थामा फेला परेको उनका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिनु भयो ।
मृतकका ससुरा प्रेम मल्लका अनुसार यसअघि उनको मोवाईलमा धेरै पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो । खोजतलास गर्दा सँकलन गरिएका केही स्याउला, स्याउला ल्याउने जाल र जमिनमा चिप्लिएको छाप देखेपछि सोही आधारमा खोजतलास गर्दा खोल्सीमा मृत अवस्थामा फेला परेको ससुरा मल्लले बताए ।
घट्नाको वारेमा प्रहरीलाई जानकारी गराई प्रहरी, जनप्रतिनिधी, स्थानीय बासिन्दाको सहयोगमा मृतकको लास घरसम्म ल्याईएको थियो । मृतकका श्रीमान श्याम मल्ल बुडरमा एम्बुलेन्स चालक हुन । उनी गर्भवती समेत थिईन । मृतकको शब पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाईएको प्रहरी चौकी गैराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.