घण्टेश्वर अनलाईन
सिलगढी
जिपबाट खसेर गम्भीर घाइते भएका डोटीका एक बालकको नेपाली सेनाको हेलिकोप्टरबाट बुधबार उद्दार गरिएको छ ।
दिपायल सिलगढी नरपालिका वडा नं. ९ निवासी रामबहादुर बिकका छोरा बर्ष १२ का मोहन बिकको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा लगिएको हो । घाईते वालक बिकको जिपबाट खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो ।
दिपायल सिलगढी नगरपालिका ६ नम्बर वडा कार्यालय, दिपायल सिलगढी नगरपालिका तथा नेपाली सेनाको भैरव प्रसाद गणको पहलमा एन ए ०५५ कल साइन हेलिकोप्टरद्वारा घाईते वालकको उद्दार गरिएको हो ।
डोटी जिल्लामा प्राकृतिक विपद, दुर्घटना, सुत्केरी उद्दार जस्ता मानविय सेवाका कार्यमा नेपाली सेनाको श्री भैरवप्रसाद गणले सहयोग गर्दै आएको गणपति जनमत कार्कीले बताउनु भयो ।