लडागडाका विपन्न महिलाहरुको होजियारी सीप बिकास गरिने

घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडागडाका बिपन्न महिलाहरुको होजियारी सीप बिकास गरिने भएको छ । सीप बिकासको माध्यमबाट ग्रामिण क्षेत्रका महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले क्षमता अभिबृद्धि गर्न लागिएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।
लडागडाका विपन्न महिलाहरुका लागि आयोजना गरिएको ४५ दिने होजियारी सीप बिकास तालिम मँगलबार देखि लडागडामा शुरु भएको छ । उक्त तालिममा हाते होजयारी सम्बन्धि सीप भएका महिलाहरुलाई सीप बिकास गरि मेसिनको माध्यमबाट टोपी, सुइटर, स्काप, दोसल्ला लगायतका विभिन्न सामाग्री बनाउने सीप दिईने छ ।
उक्त तालिमको उद्घाटन गर्दै दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख कलावती महर (साउँद)ले ग्रामिण महिलाहरुले सीप बिकास गरि स्वरोजगार बन्नु पर्ने कुरामा जोड दिनु भयो ।
दिपायल सिलगढी नगरपालिकाद्वारा सन्चालित गरिबी निवारणका लागि लघु विकास कार्यक्रम अन्तर्गत सन्चालन गरिएको उक्त तालिममा विपन्न महिला तथा किशोरी गरि १८ जना को सहभागिता रहेको छ ।
वडा नं. ८ का वडा अध्यक्ष दशरथ बलायरको अध्यक्षतामा सन्चालित तालिम उद्घाटन कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका लघु उद्यम विकास कार्यक्रम शाखा अधिकृत राजबहादुर खड्काले तालिमको उद्देश्यको वारेमा जानकारी गराउनु भएको थियो । उद्घाटन कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का गणेश भण्डारी, कार्यपालिका सदस्य पार्वती पार्की, बिष्ना साउँद, वडा सदस्य तिर्मल कुन्जेना लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.