लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्था जोरायलद्वारा किरिया खर्च हस्तान्तरण

घण्टेश्वर अनलाईन
जोरायल
क्यान्सर रोगबाट निधन भएका जोरायल गाउँ पालिका वडा नं. १ सुनलेक निवासी दुर्गासिंह बोहराका परिवारलाई लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडले किरिया खर्च प्रदान गरेको छ ।
जोरायल गाउँ पालिका वडा नं. १ सुनलेक स्थित जलावान कृषक समुहका पुर्व अध्यक्ष तथा लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लि. का शेयर सदस्य रहेका स्व. दुर्गासिंह बोहराका परिवारलाई हितकोषबाट किरिया खर्च वाफत रु. ५ हजार प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत ठक्कर कठायतले जानकारी दिनु भयो ।
अगुवा कृषक तथा समाजसेवी समेत रहेका बोहराको असामयिक निधन भएको १३ औं दिनको तिथीमा जोरायल गाउँ पालिका वडा नं. ३ का वडाअध्यक्ष नविन ओझाले बुधबार रकम हस्तान्तरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.