दिपेन्द्र दाहालको डेउडा गीत “अड्डा गयो डोटी” को म्युजिक भिडियो युटुव मार्फत सार्बजनिक

घण्टेश्वर अनलाईन
दिपायल
सुदूरपश्चिमका चर्चित डेउडा गायक दिपेन्द्रप्रसाद दहालको नयाँ डेउडा गीत “अड्डा गयो डोटी” मँगलबार युटुव च्यानल मार्फत सार्बजनिक भएको छ ।
दिपेन्द्रप्रसाद दहाल र गौरी भट्टको स्वरमा रहेको “अड्डा गयो डोटी” युटुब मार्फत सार्बजनिक भएको दुई दिनमा १२ हजार बढीले हेरेका छन ।
खप्तड डिजिटल म्युजिक सेन्टरले बजारमा ल्याएको सो गीतकामा शब्द रचना तथा म्युजिक राजेन्द्र शाह(विपी)को रहेको छ भने मालाश्री स्टुडियो पुतलीसडक काठामाण्डौंमा रेकर्डिङ भएको सो गीतको म्युजिक एरेन्ज बिनोद बाजुरेलीले गरेका छन ।
उक्त गीतको म्युजिक भिडियोमा अभिनय स्वयँ दिपेन्द्रप्रसाद दाहाल र मोडेल रोजी कुँवरले गर्नु भएको छ भने निर्देशन भिम थापाले गर्नु भएको छ ।
डोटी जिल्लाको दहालिकास्थान निवासी कलाकार दाहालका दर्जनौं गीत बजारमा आईसकेका छन । उनले बजारमा ल्याएका गीतहरु मध्य खप्तडकी रानी चरी, मायाको ईतिहास, रँगी माल, जुनकिरी, परदेशी लगायतका गीतहरु लोकप्रिय छन ।

Leave A Reply

Your email address will not be published.