डडेल्धुराको अजयमेरु गाउँपालिकाद्वारा स्थानीय प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

घण्टेश्वर अनलाईन
डडेल्धुरा
डडेल्धुराको अजयमेरु गाउँपालिकाले स्थानीय २ वटा अस्थायी प्रहरी पोस्टलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । अजयमेरु गाउँ पालिकाको वडा नं. २ र ४ मा रहेको अस्थायी प्रहरी पोष्टलाई २ थान मोटरसाईल खरिद गरि हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रहरी सेवालाई प्रभावकारी बनाउन सवारी साधनको अभाव भएको महसुुस गरि चमडा अस्थायी प्रहरी पोष्ट र चिपुर अस्थायी प्हरी पोष्टलाई मोटरसाईकल उपलब्ध गराईएको गाउँ पालिका अध्यक्ष उमेश भट्टले बताउनु भयो । अस्थायी प्रहरी पोष्टलाई बुधबार मोटरसाईकलको चाँबी हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष  भट्टले प्रहरी सेवालाई प्रभावकारी बनाउन गाउँ पालिकाले आबश्यक सहयोग उपलब्ध गराईने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.