घण्टेश्वर माध्यमिक बिद्यालय जोरायलको वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

घण्टेश्वर अनलाईन, जोरायल
जोरायल गाउँपालिका स्थित घण्टेश्वर माध्यमिक बिद्यालय कुडिकोट जोरायलको वार्षिक सामाजिक परिक्षण तथा अभिभावक भेला सोमबार सम्पन्न भएको छ ।
शिक्षक अभिभावक सँघका अध्यक्ष हेमप्रकाश मल्लको अध्यक्षता तथा शिक्षक मिनबहादुर रोकायाको सँचालनमा सम्पन्न वार्षिक सामाजिक परिक्षण तथा अभिभावक भेलामा बिद्यालयका प्रधानाध्यापक सुनलाल थापाले बिद्यालयको आर्थिक, सामाजिक, शैक्षिक अवस्थाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुले बिद्यालयका समस्याहरु तथा सुधार गर्नु पर्ने पक्षको वारेमा बिद्यालयलाई सुझाव दिएका थिए ।


कार्यक्रमका प्रमुख अतिथी जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, बिशिष्ट अतिथी जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना वोहरा, शिक्षा अधिकृत तेजबहादुर खत्री, रामपुर माध्यमिक विद्यालय बुडरका प्रधानाध्यापक पदमराज भट्ट , ४ न वडाका वडा सदस्य बलबहादुर ओली लगायतका बक्ताहरुले घण्टेश्वर माध्यमिक बिद्यालय जिल्लाकै उत्कृष्ट बिद्यालय भएकाले यसका नतिजाहरु पनि उत्कृष्ट हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

बिद्यालयले आयोजना गर्ने हरेक कृयाकलापहरुमा अभिभावक लगायत सरोकारवालाहरुको सहभागिता बढाउनु पर्ने, गत वर्षको सामाजिक परिक्षण कार्यक्रममा दिईएका सुझावहरु कार्यान्वयन भएको हुनु पर्ने कुरामा जोड दिदै सबै पक्षको चासो र सहभागितामा मात्रै बिद्यालयले गुणस्तरीय नतिजा दिन सक्ने कुरामा अतिथीहरुको जोड रहेको थियो । कार्यक्रममा सहभागिहरुले उठाएका विषयहरुमा बिद्यालयका प्रधानाध्यापक सुनलाल थापा र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुर रावलले सबै सरोकारवालाको सुझावको आधारमा बिद्यालयको समग्र अवस्थामा सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालका सहायक प्रधानाध्यापक लालबहादुर कुँवरले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.