मासुको चोक्टा घाँटीमा अड्किदा डोटीमा एक जनाको मृत्यु

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
डोटीको सिलगढीमा एक जना ५० बर्षिय पुरुषको घाँटीमा मासुको चोक्टा अड्किएर मृत्यु भएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का ५० बर्षिय पदम नेपालीको खाना खाने बेला शुक्रबार बेलुकी मासुको चोक्टा घाँटीमा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
खाना खाने बेला घाँटीमा मासुको चोक्टा निल्न नसकि अड्किएपछि तत्काल उपचारको लागि जिल्ला अस्पताल सिलगढी लैजाने क्रममा बाटोमा निधन भएको डोटीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमालाले बताउनु भयो । प्रहरी उपरिक्षक धमलाका अनुसार घट्नाको वारेमा थप अनुसन्धान भईरहेको छ ।

Leave A Reply

Your email address will not be published.