घण्टेश्वर अनलाईन
जोरायल
सुदूरपश्चिम प्रदेश सभा सदस्य शिबसिंह ओलीले बिकास निर्माण बिकट गाउँबस्तीबाट शुरु गरिनु पर्ने बताउनु भएको छ ।
जोरायल गाउँपालिका वडा नं. ४ स्थित महासरस्वती माबिको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रदेश साँसद ओलीले जनताका बास्तबिक समस्याहरु प्राथमिकतामा नपर्दा जनताले बिकास र परिबर्तनको अनुभूति गर्न नसकेको धारणा ब्यक्त गर्नु भयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर ओलीको अध्यक्षता तथा शिक्षक बमबहाुर रानाको सन्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा आफु बिकट गाउँबस्तीका समस्यासँग परिचित भएकाले सम्बन्धित निकायमा निरन्तर आवाज उठाउने साँसद ओलीले प्रतिबद्धता ब्यक्त गर्नु भयो । शिक्षामा गरिएको लगानी कहिल्यैपनि खेर नजाने बताउदै बिद्यालयले सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताउनु भयो । गुणस्तरीय शिक्षाको लागि बिद्यालय तथा आम अभिभावकको समेत महत्वपूर्ण भूमिका हुनु पर्ने साँसद ओलीको भनाई थियो ।
उक्त कार्यक्रममा बोल्दै नेकपा(माओवादी केन्द्र) डोटीका नेता छबि ओली, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य चित्र भट्ट, जोरायल गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष गणेश बोहरा, वडा सदस्य यज्ञ साउँद, प्रधानाध्यापक यादब खड्का, शिक्षक पदमराज पन्त, शिक्षक अभिभावक सँघका पूर्ब अध्यक्ष जगत ओलीले बिद्यालय तथा स्थानीय समस्याको वारेमा प्रदेश सभाषद शिबसिंह ओलीको ध्यानाकर्षण गराउनु भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको २१ लाखको लगानीमा २ कोठे भवन निर्माण गरिएको बिद्यालयले जनाएको छ ।