घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिका वडा नं. ४ स्थित महासरस्वती माबि देउथलामा नयाँ बिद्यालय व्यवस्थापन समिति चयन गरिएको छ ।
बिद्यालयको आयोजनामा शुक्रबार आयोजना गरिएको अभिभावक भेलाबाट बलबहादुर ओलीको अध्यक्षतामा नयाँ बिद्यालय व्यवस्थापन समिति चयन गरिएको हो ।
नयाँ बिद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा क्रमस चक्रबहादुर राना, मानबहादुर साउँद, अस्मिता बिक, शारदा कुमारी क्षेडाल, हरिकला सिमसेली, योगेन्द्र गुरुङ र सदस्य सचिबमा यादव खड्का चयन हुनु भएको बिद्यालयले जनाएको छ ।
यसै गरि सो भेलाले यज्ञबहादुर साउँदको अध्यक्षतामा शिक्षक अभिभावक सँघ गठन गरिएको छ ।
शिक्षक अभिभावक सँघका सदस्यहरुमा क्रमस ः दानबहादुर साउँद, नरबहादुर साउँद, डम्मरीदेबी दर्लामी,देबी कामी, जसुदादेबी ओली, ललितादेबी ओली, चन्द्रबहादुर कामी, अलबहादुर ओली, व्यवस्थापन समिति अध्यक्ष बलबहादुर ओली र सदस्य सचिबमा प्रधानाध्यापक यादब खड्का रहनु भएको छ ।