
घण्टेश्वर अनलाईन
डडेल्धुरा
‘साइबर सुरक्षा र डिजिटल साक्षरता’ को वारेमा हरेक व्यक्तिले जानकारी राख्न आबश्यक रहेको डडेल्धुरामा शनिबार आयोजना गरिएको एक कार्यक्रममा जोड दिईएको छ ।
राष्ट्रिय सूचना तथा सन्चार प्रबिधि दिवसको अवसरमा कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) सुदूरपश्चिमद्वारा डडेल्धुरामा आयोजना गरिएको ‘साइबर सुरक्षा र डिजिटल साक्षरता’ बिषयक एक दिने प्रदेश स्तरीय कार्यशालामा सहभागिहरुले ‘साइबर सुरक्षा र डिजिटल साक्षरता’को वारेमा समुदाय स्तरसम्म जानकारी दिन सके सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
क्यान सुदूरपश्चिमका अध्यक्ष धनबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले हरेक जिल्लामा साईवर व्युरो स्थापना गर्न आबश्यक रहेकाले आफुले प्रदेश सभाको ध्यानाकर्षण गराउने बताउनु भयो । हरेक नागरिकले सूचना प्रबिधिको वारेमा जानकारी राख्न आबश्यक छ तर यसको दुरुपयोग रोक्न सचेतना फैलाउन आबश्यक रहेको सभाषद खड्काले बताउनु भयो ।
यसैगरि कार्यशालाका बिशिष्ट अतिथी तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा ताराप्रसाद जोशीले सूचना प्रविधिको सही उपयोग गर्न सके सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नु भयो । अहिले डिजिटल प्रबिधिको उपयोग बढ्दै गईरहेको सन्दर्भमा यसको सदुपयोगको लागि समुदाय स्तरसम्म जानकारी दिनु पर्ने डा. जोशीको जोड थियो ।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) सुदूरपश्चिमका अध्यक्ष धनबहादुर वोगटीले अहिलेको डिजिटल युगमा साईबर सुरक्षा र डिजिटल साक्षरताको वारेमा व्यापक जानकारी फैलाउन आबश्यक रहेको बताउदै सरोकारवाला निकायबाट सहयोग भएमा आफुहरु स्थानीय तहमै गएर साइबर सुरक्षा र डिजिटल साक्षरताबारे जानकारी दिन तयार रहेको बताउनु भयो ।
कार्यक्रममा सहजिकरण गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना प्रविधि शाखाका प्रमुख प्रहरी निरीक्षक प्रतापसिंह कठायतले पछिल्लो समय प्रदेशमा साईवर अपराधहरु बढ्दै गईरहेकाले यसको न्यूनिकरणका लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।
यसैगरि अर्का सहजकर्ता प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकीलबहादुर सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना प्रविधि शाखाले साईवर अपराधबाट जोगिन, सामाजिक सन्जालको दुरुपयोग रोक्न बिद्यालयस्तरसम्मै पुगेर बिभिन्न जानकारीमूलक कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा डिजिटल साक्षरताबारे प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट सूचना प्रविधिको महत्व, आवश्यकता र यसको प्रयोगको चुनौतीका बारेमा प्रदेश प्रशिक्षण दिनु भएको थियो ।