घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
डोटीका जनप्रतिनिधिहरु, राजनैतिक दल, नागरिक समाजका प्रतिनिधिहरुले डोटीमा दूरसञ्चार एवँ सूचना प्रविधिका सेवाहरु गुणस्तरीय नभएको गुनासो गरेका छन ।
नेपाल दूरसञ्चार प्राधिकरण काठमाण्डौको सहयोगमा वसुश्रि टेक्नोलोजी प्रालिद्वारा बुधबार सिलगढीमा आयोजना गरिएको “सार्वजनिक सेवामा दूरसञ्चार एवँ सूचना प्रविधिको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले डोटीमा दूरसञ्चार एवँ सूचना प्रविधिका सेवाहरु गुणस्तरीय नहुँदा सेवाग्राहीले बजारबाट चर्को मूल्यमा सेवा खरिद गर्नुपर्ने बाध्यता रहेको बताए ।
काठमाण्डौ तथा शहरी क्षेत्रमा फाइप जी ईन्टरनेट सेवाको कुरा गरिरहँदा दुर्गम भेगका जनताले सहज फोन सेवा पाउन नसकेकाल सार्वजनिक सेवामा दुरसञ्चार एवं सूचना प्रविधिको भूमिका बढाउन दुर्गम भेगमा दूरसञ्चारको सहज पहुँच पु¥याउनुका साथै ईन्टरनेट सेवालाई पनि गुणस्तरीय बनाउनु पर्ने सहभागिहरुले जोड दिएका थिए । आम नागरिकको दूरसन्चार एबं सूचना प्रबिधिमा पहुँच बढाउन सके सार्बजनिक सेवालाई गुणस्तरीय बनाउन सकिने सहभागिको धारणा थियो ।
डोटीको दिपायल सिलगढी नगरपालिका बाहेकका क्षेत्रमा नेपाल टेलिकमको इन्टरनेट सेवाको पहुँच नरहेको, अन्य इन्टरनेट सेवा प्रदायकका सेवाहरु चर्को मूल्य तिरेर पनि भरपर्दो र गुणस्तरीय नरहेको जस्ता कारणले सार्वजनिक सेवामा दूरसञ्चार एबँ सूचना प्रविधिको भूमिका प्रभावकारी हुन नसकेकाले दूरसन्चार सेवालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले सार्बजनिक सेवामा दूरसन्चार तथा सूचना प्रबिधिको भूमिकालाई बढाउन स्पष्ट नीति तर्जुमा गर्नु पर्ने बताउनु भयो । काठमाण्डौं अवस्थालाई हरेर बनाईएको दूरसन्चार नीतिले दुर्गम क्षेत्रका उपभोक्ताहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले बिकट गाउँबस्तीलाई आधार मानेर नीति निर्माण गर्नु पर्ने सँयोजक सिंह सुझाव दिनु भयो ।
कार्यक्रममा डोटीका बिभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, विभिन्न रानैतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।