डोटीको शिखर नगरपालिकालाई पूर्ण साक्षर घोषणा

llc

घण्टेश्वर अनलाईन
दिपायल
डोटीको शिखर नगरपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको छ । साक्षर नगरपालिका घोषणा गर्नका लागि आबश्यक न्यूनतम मापदण्ड पूरा गरेको पाईएपछि साक्षर नगरपालिका घोषणा गरिएको शिखर नगरपालिकाले जनाएको छ । शिखर नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्नु अघि नगरपालिकाका ११ वटै वडामा अनगुमन गरिएको थियो ।
शिखर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको एक समारोहका बिच मँगलबार पूर्ब मन्त्री तथा नेपाली काँग्रेसका सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले शिखर नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्नु भएको थियो ।
शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायरको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता बिरबहादुर बलायरले आफु प्राबिधिक रुपमा कैलाली जिल्लामा निर्बाचन लडेपनि डोटी र डोटेली जनताको सेवामा निरन्तर लागि रहने बताउनु भयो ।
साक्षर नगरपालिका घोषणा कार्यक्रममा बिभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्ला स्थित सरकारी तथा गैरसरकारी सँस्थाका प्रतिनिधिहरु, शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
यसअघि डोटीको जोरायल र बोगटान फुड्सिल गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गरिसकिएको छ ।

      

Leave A Reply

Your email address will not be published.