घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिका वडा नं. २ का कैलाश खड्काले आफ्नो जन्म दिनको अवसरपारी सिलगढी स्थित एक बृद्धाश्रममा कम्बल, लुगाकपडा तथा फलफुल बितरण गरेका छन ।
उक्त सामग्रीहरु बुधबार दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र खड्काले सिलगढी स्थित पुज्य धर्मान्तक बृद्धाश्रममा रहेका बृद्धबद्धाहरुलाई बितरण गरेका थिए ।
हाल अमेरिका बस्दै आएका खड्काले आफ्नो जन्म दिनको अवसरमा अमेरिकाबाट पठाएको रकमबाट खरिद गरि सामग्री हस्तान्तरण गरेको वडा अध्यक्ष खड्काले बताए । पुज्य धर्मान्तक बृद्धाश्रम डोटी जिल्लाको एक मात्र बृद्धाश्रम हो ।