नेपाली काँग्रेस अछामद्वारा बिभिन्न ९ जनालाई जिल्ला कार्य समितिमा मनोनित

All time tax

घण्टेश्वर अनलाईन
मँगलसैन, अछाम
नेपाली कांग्रेस अछामले बिभिन्न ९ जना युवाहरुलाई मनोनित गरि जिल्ला कार्य समिति बिस्तार गरेको छ । नेपाली कांग्रेसको बिधान २०१७ संसोधित २०७५ को धारा १२ को उपधारा ५ ख २ को अधिकार प्रयोग गरि पार्टी सभापति पुष्प शाहले जिल्ला कार्य समिति सदस्य पदमा मनोनित गर्नु भएको हो ।
जिल्लामा पार्टीलाई सुदृढ बनाउन आबश्यकता महसुस गरि बिभिन्न पृष्ठभूमिका ९ जनालाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरिएको पार्टी सभापति पुष्प शाहले बताउनु भयो ।
जिल्ला कार्य समिति सदस्यमा मनोनित हुनेहरुमा तुर्माखाँद ४ बाट अृमता बुढा, साँफेबगर ४ बाट रामबहादुर कुँवर, ढकारी ८ बाट लालबहादुर भण्डारी, तुर्माखाँद ३ बाट बालविर बिसी, मंगलसेन नगरपालिका १३ बाट बिनोद थापा, रमारोशन ४ बाट पुष्पबहादुर बिष्ट, पञ्चदेवल बिनायक ३ बाट खेमराज अधिकारी, मेल्लेख ८ बाट नृपबहादुर आउजी, र चौरपाटी ७ बाट मोहनबहादुर बोगटी रहेका छन ।

Leave A Reply

Your email address will not be published.