घण्टेश्वर अनलाईन
लमिखाल, डोटी
डोटीको आर्दर्श गाउँपालिकाले वडा नंं ५ लामिखालका स्थानीय महिलाहरुलाई होजियारी सीप बिकास तालिम दिएको छ ।
स्थानीय महिलाहरुलाई सीपमूलम तालिम मार्फत स्वरोजगार बनाउने उद्देश्यले गरिवी निवारणका लागि लघु बिकास कार्यक्रम अन्तरगत ४५ दिने होजियारी सीप बिकास तालिम दिईएको आदर्श गाउँपालिकाले जनाएको छ ।
स्थानीय २० जना महिला तथा किशोरीहरुको सहभागिता रहेको उक्त तालिममा ऊनको धागोबाट सुइटर, स्काप, टोपी ,दोसल्ला लगायतका सामाग्री उत्पादन गर्न सीप बिकास गरिएको थियो ।
तालिमका सहभागिहरुलाई बिहिबार प्रमाण पत्र बितरण गर्दै आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी (रोकाया) ले ग्रामीण क्षेत्रका महिलाहरुलाई बिभिन्न बिषयमा सीप बिकास गरेर आत्मनिर्भर बनाउन लागिएकोले महिलाहरुले व्यवसाय सन्चालन गरेर स्वरोजगार बन्नु पर्ने बताउनु भयो ।
उपाध्यक्ष धामीले ग्रामीण महिलाहरुले सीप बिकास तालिम पश्चात व्यवसाय सन्चालन गरेमा गाउँ पालिकाले थप स्तरीय तालिम तथा आबश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।