सुचनाको हकका लागि राष्ट्रिय महासंघ डोटीमा नयाँ नेतृत्व चयन

घण्टेश्वर अनलाईन
दिपायल
सूचनाको हकका लागि राष्ट्रिय महासंघ डोटीमा नयाँ नेतृत्व चयन गरिएको छ । महासँघको शुक्रबार सम्पन्न जिल्ला अधिबेशनले सूचनाको हकका अभियन्ता तथा पत्रकार सरिता कठायतको अध्यक्षतामा जिल्ला समिति गठन गरेको हो ।
जिल्ला अधिबेशनबाट महासँघको जिल्ला समितिको उपाध्यक्षमा विक्रम खड्का ,सचिवमा दीपेन्द्र खड्का , सहसचिवमा राज पार्की र कोषाध्यक्षमा महेश ओझालाई चयन भएका छन ।
यसैगरि सदस्यहरूमा क्रमस ः ईन्द्र शाही, लक्ष्मी बिक, धन बोहरा र गणेश साउँदलाई चयन गरेको छ । अधिबेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ । महासँघको प्रदेश प्रतिनिधिमा चक्र कुँवर, खगेन्द्र सिंह, गणेश मौनी र विक्रम खड्का तथा केन्द्रीय प्रतिनिधिमा प्रकाश बम, मोहन शाही र केशवचन्द्र महरा चयन भएको महासँघले जनाएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघ डोटीका संयोजक केशवचन्द्र महराको अध्यक्षतामा सम्पन्न जिल्ला अधिबेशनमा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीले अझैपनि सूचना माग्ने र सहज रुपमा सूचना उपलब्ध गराउने बिषय सँस्थागत भई नसकेकाले महासँघलाई स्थानीय तह स्तरमा पनि बिस्तार गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसैगरि नेपाल प्रेस युनियन डोटीका अध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघ डोटी शाखाका संस्थापक प्रकाश बमले सूचनाको हक आम नागरिकको हक भएकाले सार्बजनिक निकायलाई जवाफदेही बनाउन सूचना माग्ने सँस्कृतिको बिकास गर्न सचेतिकरण गर्नु पर्ने खाँचो औंल्याउनु भयो ।
जिल्ला अधिबेशनमा डोटी जिल्लामा सूचनाको हकको प्रबर्द्धनका क्षेत्रमा कृयाशिल अभियन्ताहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सूचनाको हकको लागि राष्ट्रिय सन्जाललाई महासँघमा रुपान्तरण गरिएपछि डोटी जिल्लामा अधिबेशन सम्पन्न गरिएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.