Prem

नेपाल ट्रेड युनियन काँग्रेस डोटीमा नयाँ नेतृत्व चयन

घण्टेश्वर अनलाईन
सिलगढी
नेपाल ट्रेड युनियन काँग्रेस डोटीको ७ औं जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सिलगढीमा सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसको ७ औँ जिल्ला अधिवेशनबाट शँकर कठायतको अध्यक्षतामा सर्बसहमत नयाँ कार्य समिति चयन गरिएको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षहरुमा क्रमस ः गंगा कुँवर, शोभा सहानी, दीपेन्द्रबहादुर खड्का, हिक्मत साउँद र योगेन्द्र ओझा चयन भएका छन् ।
यसै गरि सचिवमा सुशीलाकुमारी शाही , सहसचिवमा गणेशबहादुर खड्का, कोषाध्यक्षमा टेकबहादुर बलायर, सह कोषाध्यक्षमा राधिका सिंह चयन भएको ट्रेड युनियन काँग्रेस डोटीले जनाएको छ ।
ट्रेड युनियन काँग्रेस डोटीको जिल्ला कार्य समिति सदस्यहरूमा क्रमस ः घनश्याम भट्ट, दीपेन्द्र खड्का ,डवल विष्ट ,धिरेन्द्रराज चटौत, कमल बिक, सत्या बिक, डमरा खड्का, सरिता कठायत र कृष्णा रावल सर्ब सम्मत चयन भएको निर्वाचन अधिकृत लवदेव भट्टले जानकारी दिनु भयो ।
त्यस्तै जिल्ला अधिबेशनले प्रदेश प्रतिनिधिमा शेरबहादुर बोहरा, नरेशप्रसाद ओझा ,गणेश बहादुर कलेल, घण्टेश्वरी जोशी, कल्पना खड्का कुँवर तथा संघिय प्रतिनिधिमा पुरनबहादुर खड्का र हेमराज जोशी चयन भएका छन् ।
ट्रेड युनियन काँग्रेस डोटीको जिल्ला अध्यक्ष पदमा निर्बाचित शँकर कठायत नेपाल शिक्षक महासंघ डोटी अध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष हुन ।

Leave A Reply

Your email address will not be published.