सुदूरपश्चिमको धनगढीमा चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्ड आयोजना हुने

राजन खड्का
धनगढी
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्ड आगामी असार ८ गते धनगढीमा आयोजना गर्ने भएको छ । मन्चले बुधबार धनगढीमा एक पत्रकार सम्मेलनको आयोजना गरि अवार्डको मिति घोषणा गरेको हो ।
सुदूरपश्चिमको खेलकुद क्षेत्रको प्रबद्र्धनमा सहयोग गर्न मन्चले बिगत ३ बर्षदेखि नियमित रुपमा सुदुरपश्चिम स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ ।, चौथो सँस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७९ आगामी असार ८ गते धनगढीमा आयोजना गर्नका लागिएको मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिनुभयो ।
अध्यक्ष पाठकका अनुसार सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७९ बिभिन्न ८ वटा बिधामा बितरण गरिने छ । बि.सं. २०७९ सालको बैशाखदेखि चैत मसान्तसम्म सुदुरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा मूल्याँकन गरि छनौट गरिने छ ।
आयोजकका अनुसार छनौटमा परेकाहरुहरुलाई मूल्याँकनका आधारमा बर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी, बर्षको उत्कृष्ट प्रशिक्षक, बर्षको युवा खेलाडी, सुदुरपश्चिम आईकन पुरुष तथा महिला, लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिने छ । अवार्ड कार्यक्रमभन्दा अघि मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिने छ ।
लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन र अन्य ६ वटा विधाहरुमा तीन तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिने नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
अवार्ड अन्तरगत बर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले नगद ३५ हजार नगद सहित ट्रफी तथा सुदुरपश्चिम आईकन पुरुष तथा महिलाको विजेताले नगद २० हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।
यसै गरि बर्षको उत्कृष्ट प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्ने छन भने लाईफटाईम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र बर्षको युवा खेलाडीले नगद २५ हजार सहित ट्रफी प्राप्त गर्ने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.