नेपाली काँग्रेस डोटीको जिल्ला सम्मेलन जेष्ठ १४ गते दिपायल राजपुरमा  हुने

 घण्टेश्वर अनलाईन

  सिलगढी

 नेपाली काँगे्रस डोटीको जिल्ला सम्मेलन यही जेष्ठ महिनाको १४ गते दिपायल    राजपुरमा हुने भएको छ ।

उक्त जिल्ला सम्मेलनको नेपाली काँग्रेसका नेता तथा सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सेती सभाकक्ष राजपुरमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस डोटीले जनाएको छ ।

जिल्ला सम्मेलनमा जिल्लाका सबै वडा तथा पालिका समितिका सभापतिहरु, क्षेत्रीय समितिका पदाधिकारीहरु, जिल्ला समितिका पदाधिकारीहरु, महाधिबेशन प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु लगायत नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहने  नेपाल बिद्यार्थी सँघ डोटीका अध्यक्ष दिपेन्द्रबहादुर सिंहले जानकारी दिनु भयो ।

यसैगरि नेपाली काँग्रेस डोटीको प्रदेश सभा क र ख को संयुक्त सम्मेलन पनि  यही जेष्ठ महिनाको १३ गते सेती सभाकक्ष दिपायल राजपुरमा आयोजना हुने भएको छ ।

उक्त प्रदेश सभा क र ख को सँयुक्त सम्मेलनको नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश उपसभापति लोकराज अवस्थीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.