घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिका वडा नं. ४ निवासी माया शाहले डोटी बहुमुखी क्याम्पस सिलगढीमा सुदर्शन शाह स्मृति अक्षय कोषको स्थापना गर्नु भएको छ । करिब १६ बर्ष डोटी बहुमुखी क्याम्पसमा प्राध्यापन गराउनु भएका आफ्ना स्व. पति सुदर्शन शाहको स्मृतिमा १ लाख रकमको अक्षय कोषको स्थापना गर्नु भएको हो ।
डोटी बहुमुखी क्याम्पसको वार्षिकोत्सबको अवसरमा उक्त अक्षय कोषको घोषणा गर्दै १ लाखको चेक क्याम्पस प्रमुख दिलानन्द जोशीलाई हस्तान्तरण गरिएको थियो । उक्त अक्षय कोषको लागि कार्यबिधि बनाएर सन्चालन गरिने क्याम्पसले जनाएको छ । अक्षय कोषको नाममा खाता खोलेर रकम बैंकमा जम्मा गरिने र वार्षिक रुपमा प्राप्त ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत गरिब, जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति सहयोग गरिने क्याम्पस प्रमुख जोशीले बताउनु भयो ।
बि.सं. २०५९ सालमा सवारी साधन दुर्घटनामा परि अपाँग भएका सुदर्शन शाह डोटी बहुमुखी क्याम्पस सिलगढीमा प्राध्यापन गर्दै आएका थिए । मृगौलाको समस्यासँग जुझ्दै आएका शाहको कोरोनाको सँक्रमणबाट २०७८ जेष्ठ २९ गते निधन भएको थियो ।